सबैको समाचार
बुधबार, अशोज १४, २०८३
  • होमपेज
  • भोटेकोशी बाढीपीडितका लागि बीबीसीको राहत सहयोग

भोटेकोशी बाढीपीडितका लागि बीबीसीको राहत सहयोग

140
Shares
भोटेकोशी बाढीपीडितका लागि बीबीसीको राहत सहयोग

भदौ २४, काभ्रे;बनेपा ब्वाइज क्लब (बीबीसी) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि सङ्कलन गरेको राहत रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

क्लबले सञ्चालन गरेको राहत सहयोग अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा व्यवसायीबाट सङ्कलित रु १ लाख ७ हजार ९१२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्लबका अध्यक्ष महेशकुमार कर्माचार्यले जानकारी दिनुभयो। उक्त रकम ३२ जना दाताबाट प्राप्त भएको हो।

क्लबले विपद्मा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरेको जनाएको छ। क्लबले खेलकुदसँगै विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय सहभागिता जनाउँदै आएको बताएको छ।

140
Shares

ट्रेन्डिङ