सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • म्यानमारमा ७० औँ एकता दिवस मनाइयो

म्यानमारमा ७० औँ एकता दिवस मनाइयो

3635
Shares
म्यानमारमा ७० औँ एकता दिवस मनाइयो

म्यानमारको सरकारले ७० औँ एकता दिवस सान राज्यको पाङलोङमा आइतबार भव्य राजकीय समारोहका साथ मनाएको छ ।  पाङलोङ सम्मेलन गर्दै पाङलोङ सम्झौता भएको फेब्रुअरी १२ लाई म्यानमारले एकता दिवसका रुपमा मनाउँदै आएको छ ।
कार्यक्रममा झण्डै एक हजार ७०० प्रतिनिधि, जातीय समुदायलगायत हजारौँ मानिस सहभागी भएका थिए । सन् १९४७ को फेब्रुअरी १२ का दिन राष्ट्रिय विभूति आङ सान र २२ जातीय समुदायका प्रतिनिधिद्वारा हस्ताक्षर गरी राष्ट्रिय एकताको घोषणा गरिएको थियो ।
कार्यक्रममा बोल्दै सानकी छोरी तथा स्टेट कन्सेलर आङ सान सुकीले एकता दिवसको सन्देश अनुरुप नै सन् २०१५ मा विभिन्न आठ सशस्त्र समूहसँग तत्कालीन सरकारले गरेको सहमतिलाई कार्यान्वयन गर्दै एकता प्रक्रियामा सहभागी नबनेका सबै समूहलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
सुकीले म्यानमारका जनताको हितका लागि शान्ति प्रक्रियामा सामेल बन्न आग्रह गर्नुभयो । रासस÷सिन्ह्वा

3635
Shares

ट्रेन्डिङ