सबैको समाचार
बिहिबार, साउन ३, २०८१
  • होमपेज
  • अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो

अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो

3070
Shares
अमेरिकाको सबैभन्दा ठूलो बाँध फुट्यो

अमेरिकामा एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेका छन् । अधिकारीहरुका अनुसार उत्तर क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अधिकारीहरुले जनाएका छन् ।
अरोभिले बाँधको एक भागमा ठूलो प्वाल परेपछि आसपासको क्षेत्र डुबानको जोखिममा परेको हो । आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भएको अधिकारीहरुले बताए । उक्त बाँधको उचाई ७ सय ७० फिट छ । बाँधको आकस्मिक ढोका खोलिएको छ ।
धेरै पुरानो बाँध भएकाले भत्कने अवस्थामा पुगेको अधिकारीहरुको भनाई छ । बाँधमा एउटा प्वाल परेपछि सिंगो बाँध नै भत्कने अवस्थामा पुगेको हो । तर त्यसअघि नै आकस्मिक ढोका खोलेर पानी निकास गर्नुपरेको बताइएको छ । एजेन्सी

3070
Shares

ट्रेन्डिङ