सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अष्ट्रियाका स्वास्थ्य मन्त्रीको निधन

अष्ट्रियाका स्वास्थ्य मन्त्रीको निधन

3790
Shares
अष्ट्रियाका स्वास्थ्य मन्त्रीको निधन

अष्ट्रियाका स्वास्थ्य र महिला मामिला मन्त्री साबिने ओबेर्हाउसेरको बिहीबार निधन भएको छ ।
क्यान्सरका कारण उहाँको ५३ बर्षकै उमेरमा निधन भएको चिकित्सकहरुलाई उद्धृग गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उहाँको क्यान्सर सन् २०१५ को सुरुमै पत्ता लागेर उपचार गराईरहेको भएपनि उपचार सफल हुन नसकेपछि उहाँको निधन भएको हो ।
सिकिस्त बिरामी भएपछि उहाँले केही समयदेखि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निर्वाह गर्न सक्नु भएको थिएन ।
केही समय उहाँको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको थियो । यही फेबु्रअरीको सुरुमा उहाँलाई फेरी अस्पतालमा भर्ना गरिएको थियो । रासस÷सिन्ह्वा

3790
Shares

ट्रेन्डिङ