सबैको समाचार
शनिबार, असार २१, २०८२
  • होमपेज
  • किम जोङ नामको हत्यामा VX नर्भ एजेन्टको प्रयोग

किम जोङ नामको हत्यामा VX नर्भ एजेन्टको प्रयोग

4205
Shares
किम जोङ नामको हत्यामा VX नर्भ एजेन्टको प्रयोग

त्तर कोरियाका नेता किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको हत्यामा VX नर्भ एजेन्टको प्रयोग भएको मलेसिया प्रहरीले जनाएको छ । VX नर्भ एजेन्ट एक यस्तो रासायनिक हतियार हो, जसको सम्पर्कमा आएको क्षणभरमा ज्यान जानसक्छ ।
किम जोङ नामको १३ फेब्रुअरीमा को क्वालालम्पुर विमानस्थलमा फ्लाइट कुरिरहेको समयमा हत्या भएको थियो । उनीमाथि दुई महिलाले आक्रमण गरेका थिए । र, विमानस्थलबाट अस्पताल लैजाने क्रममा उनको मत्यु भएको थियो ।
छानविनका क्रममा उनको हत्यामा VX नर्भ एजेन्टको प्रयोग भएको पाइएको छ । VX नर्भ एजेन्टलाई संयुक्त राष्ट्रसंघले सामुहिक हत्या गर्ने रासायनिक हतियार भनेको छ । सबैभन्दा विषालु रासायनिक हतियार हो र यो रंगहीन र गन्धहीन हुन्छ ।
यसको एक थोपा मात्र पनि मानिसको छालामा पर्‍यो भने ज्यान जानसक्छ । साथै सास र आँखाबाट पनि शरीरमा फैलन सक्छ ।

4205
Shares

ट्रेन्डिङ