सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

2890
Shares
मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, रेमिट टू नेपालको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।
यो साझेदारीपछि विशेषगरि खाडी, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ ।

2890
Shares

ट्रेन्डिङ