सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • शतप्रतिशत हकप्रद जारी गर्न लक्ष्मी बैंकले पायो अनुमति

शतप्रतिशत हकप्रद जारी गर्न लक्ष्मी बैंकले पायो अनुमति

3940
Shares
शतप्रतिशत हकप्रद जारी गर्न लक्ष्मी बैंकले पायो अनुमति

लक्ष्मी बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले मंगलबार (चैत्र १ गते) नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।
गत वर्षको माघमा सम्पन्न १५औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम लक्ष्मीले प्रोफेशनल दियालो विकास बैंकलाई एक्वाएर गरेपछिको चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको हो ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार तीन सय तीन कित्ता हकप्रद सेयर सर्वसाधारण सेयरधनीका लागि जारी गर्नेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
प्रोफेसनल दियालोलाई खरिद गरेर लक्ष्मी बैंकले माघ २ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । जसपश्चात्, बैंकको चुक्तापुँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ पुगेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।
यसबाहेक बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हकप्रद भर्नेले पनि बोनस सेयर दिने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९५ मात्र हुन आउँछ । उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ४६ करोड रुपैयाँ पुग्नेछ ।

3940
Shares

ट्रेन्डिङ