सबैको समाचार
शुक्रबार, कार्तिक २३, २०८१
  • होमपेज
  • मेगा बैंकको छैटौं साधारण सभा सम्पन्न

मेगा बैंकको छैटौं साधारण सभा सम्पन्न

2960
Shares
मेगा बैंकको छैटौं साधारण सभा सम्पन्न

मेगा बैंक नेपाल लिमिटेडले आर्थिक बर्ष २०७२÷७३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करिब १४ प्रतिशत शेयर लाभांश (बोनस) दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडको बिहीबार राजधानीमा सम्पन्न छैटौं साधारणसभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर पारित गरेको हो । साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश व्यवस्था गर्ने निर्णय गरेको हो ।
‘आर्थिक बर्ष २०७२/७३ मा बैंकले आर्जन गरेको सञ्चित मुनाफाबाट बैंकको हालको चुक्ता पुँजीको १३.२५ प्रतिशत अर्थात ५३ करोड १६ लाख बोनस शेयर तथा सोको लागि आवश्यक करको निमित्त हालको चुक्ता पुँजीको ०.७० प्रतिशत अर्थात २ करोड ८० लाख नगद लाभांश साभारण सभाले पारित गरेको छ ।’
साधारणसभापछि बैंकका अध्यक्ष भोजबहादुर शाहले भन्नुभयो– ‘संचालनको छोटो अवधिमै यति मुनाफा दिनसक्नुलाई हामीले उपलब्धिका रुपमा लिएका छौं । मैले अघिल्लो बर्ष १० प्रतिशत भन्दा बढी लाभांश दिने प्रतिबद्दता गरे बमोजिम यस बर्ष बैंकले १३.९५ प्रतिशत लाभांश वितरण गर्न सफल भएकोमा खुसी लागेको छ ।’
यसैगरी, साधारणसभाले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यो निर्णयले करिब १ लाख ४० हजार शेयरधनी लाभान्वित हुनेछन् ।
‘सञ्चालनको ६ वर्षमै निर्माण तथा हासिल गरिएको यो आधार अत्यन्त उपलब्धिमुलक एवं उत्साहजनक रहेको छ । विपन्न वर्ग तथा लघुवित्त अन्तर्गत बैंकले करिब २१ हजार ग्राहकहरुलाई कर्जा प्रदान गरिसकेको छ ।,’
अध्यक्ष शाहले भन्नुभयो–‘देशका ६३ जिल्लामा छरिएका १२१९ जना मध्यमवर्गीय संस्थापक शेयरधनीहरुले “हलोदेखि हाइड्रो” सम्मका ग्राहकहरुलाई लक्षित गरी“सम्पूर्ण नेपालीको बैंक” बनाउने उद्धेश्यले स्थापना गरेको यस बैंकमा हाल सर्वसाधारण शेयरधनीहरुसहित करिब १ लाख ४० हजार शेयरधनीहरुको सहभागिताका साथै साविक पश्चिमाञ्चल डेभपलपमेण्ट बैंक लिमिटेडसंगको मर्जरबाट समेत बैंकको सञ्जाललाई थप व्यापक बनाएको छ ।’
अत्याधुनिक प्रविधिको प्रयोग र क्षमतावान कर्मचारीका कारण मेगा बैंकले उत्साहमुलक प्रगति हासिल गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकेशरी शाहले बताउनुभयो । ‘बैंकले क्षेत्रीय कार्यालयको अवधारणालाई आत्मसात गर्दै लुम्बिनी क्षेत्र अन्तर्गतका शाखा कार्यालयहरु मतहतमा रहने गरी बुटवलमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।
भविष्यमा अन्य क्षेत्रमा समेत आवश्यकता बमोजिम क्षेत्रीय कार्यालयहरु स्थापना गर्दै जाने नीति लिएको छ ।’, सिइओ शाहले भन्नुभयो– ‘देशका विभिन्न १० वटा स्थानहरुमा शाखा कार्यालयहरु विस्तार गर्नको निमित्त बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरिसकेको छ ।
शाखा स्थापनाको लागि आवश्यक कार्यहरु तालिका बमोजिम अघि बढिसकेका छन् । शाखा विस्तारपछि मेगा बैंकको सञ्जाल झन् सशक्त र व्यापक बन्ने विश्वास लिएको छु ।’
मेगा बैंकले स्थापनाको पहिलो बर्षदेखि नै निरन्तर नाफा गर्दै आएको छ । २०७१/७२ मा बैंकले ३४ करोड ६२ लाख रुपैयाँ खूद मुनाफा आर्जन गर्न सफल भएकोमा २०७२÷७३ मा बढेर ५५ करोड १० लाख पुगेको थियो ।
सिइओ शाहका अनुसार, चालू आर्थिक वर्ष २०७३÷७४ को दोस्रो त्रैमासिक अवधिसम्म बैंकको कूल निक्षेप ७ अर्ब ७७ करोडले वृद्धि भई ३८ अर्ब ५२ करोड रुपैंया पुगेको छ भने खुद कर्जा ६ अर्ब ६५ करोडले वृद्धि भई ३४ अर्ब १ करोड रुपैंया पुगेको छ । दोस्रो त्रैमासिकमै बैंकले ३७ करोड ९ लाख खूद मुनाफा आर्जन गरेको छ ।
मेगा बैंकका अहिले ३९ वटा शाखा कार्यालयहरु, १ एक्सटेन्सन काउण्टर, ४७ वटा एटिएम मेसिनहरु तथा ५८ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु रहेका छन् । यसैगरी, बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगारेमिट” को देशभर १४ सय भन्दा बढी प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्र्तराष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २० पुगेको छ । यसैगरी, बैंकको ग्राहक संख्या २ लाख २४ हजार पुगेको छ ।

2960
Shares

ट्रेन्डिङ