सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु

यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु

5235
Shares
यमनी आक्रमणमा एकतिस सोमाली शरणार्थीको मृत्यु

संयुक्त राष्ट्रसङ्घले बिहीबार राति सोमालियाली शरणार्थी लिएर यमनी रेड सी (सामुद्रिक) तटीय क्षेत्रमा हिँडिरहेको एउटा डुङ्गामा आक्रमण हुँदा कम्तिमा ३१ जना शरणार्थीको मृत्यु भएको जनाएको छ ।
आप्रवासी मामिला हुर्ने अन्तर्राष्ट्रिय सङ्गठनका प्रवक्ता जोयल मिलम्यानले आफूलाई जानकारी भएअनुसार उक्त घटनामा ८० जना घाइते भएका र उनी ।लाई अस्पताल भर्ना गरिएको छ ।
यमनको विद्रोहीद्वारा सञ्चालित समाचार संस्थाले शुक्रबार दिएको जानकारीमा घटनामा दर्जनौँ मरेका र ठूलो सङ्ख्यामा घाइते भएका बताइएको छ ।
होडेइडा प्रान्तको बाबअल मान्दब स्ट्रेटमा आक्रमणमा भएको उक्त घटनाप्रति संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले गहिरो चासो व्यक्त गर्दै दुःख व्यक्त गरेका छन् । रासस÷एपी

5235
Shares

ट्रेन्डिङ