सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उपत्यकाका सबै बधस्थल अव्यवस्थित

उपत्यकाका सबै बधस्थल अव्यवस्थित

4510
Shares
उपत्यकाका सबै बधस्थल अव्यवस्थित

काठमाडौँ उपत्यकामा रहेका सबै पशु बधस्थल उपभोक्ताको स्वास्थ्यका लागि प्रतिकूल रहेको बताइएको छ । काठमाडौँ महानगरपालिकाले मङ्गलबार यहाँ आयोजना गरेको पशु बधशाला व्यवस्थापनसम्बन्धी कार्यशालाका सहभागीले उपत्यकामा रहेका सबै पशु बधशाला नियमविपरीत रहेकाले सञ्चालन गर्न रोक लगाइनुपर्नेमा जोड दिए ।
कामपाका कार्यकारी प्रमूख ईश्वरराज पौडेलले पशु बधस्थलको अनुगमन गरी योग्य र अयोग्य भनी स्टिकर टाँस गर्ने बताउनुभयो ।
पशुपक्षी मन्त्रालयका सहसचिव डा वंशी शर्माले काठमाडौँ उपत्यकामा बधस्थलभन्दा पनि मासु सञ्चय गर्नका लागि ‘चिस्यान केन्द्र) निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
उपत्यकामा दैनिक करिब ६०० देखि ७०० राँगा÷भैँसी, एक हजार ५०० देखि दुई हजार खसी÷बोका र करिब दुईलाख किलो कुखुराको मासु र ३०० वटा बङ्गुर खपत हुने गरेको छ ।
उपत्यकामा पशुपक्षी बध गर्दा दैनिक ६० टन फोहर निस्कने गरेको र फोहर व्यवस्थापन गर्ने स्थानको अभाव हँुदा यसले मानव स्वास्थ्यमा अत्यन्तै असर गर्ने पशु बधशाला व्यवसायी सङ्घका अध्यक्ष डा नवीन शर्माले बताउनुभयो ।
तराईमा आठवटा पशु बधशाला छन् भने उपत्यकामा मापदण्डअनुरुपको एउटा पनि बधशाला नरहेको काठमाडौँ महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । रासस

4510
Shares

ट्रेन्डिङ