सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • म्याडिसन पार्क विश्वकै उत्कृष्ट रेस्टुरेन्ट

म्याडिसन पार्क विश्वकै उत्कृष्ट रेस्टुरेन्ट

5020
Shares
म्याडिसन पार्क विश्वकै उत्कृष्ट रेस्टुरेन्ट

न्युयोर्क ‘इलेभन म्याडिसन पार्क’ सन् २०१७ को विश्वको सबैभन्दा उत्कृष्ट रेस्टुरेन्ट बनेको बुधबार मेलबर्नमा भएको पुरस्कार वितरण कार्यक्रममा जनाइएको छ ।
यसपहिले अर्थात् सन् २०१६ मा प्रथम बन्न सफल इटालीको अस्टेरिया फ्रान्सेस्कानालाई पछि पार्दै म्याडिसन पार्क प्रथम बन्न सफल बनेको हो ।
व्यावसायिक कुक सेफ डेनियल हमद्वारा सञ्चालित यो रेस्टुरेन्टले विश्वको उत्कृष्ट भनी छानिएका ५० रेस्टुरेन्टलाई पछि पार्दै प्रथम पुरस्कार पाउन सफल भएको हो । यस पुरस्कारलाई विश्वको खाना जगत्मा ओस्कारका रूपमा हेर्ने गरिन्छ ।
त्यसैगरी स्पेनको एल सेलर डेकन रोका तेस्रो स्थानमा आउन सफल भएको छ । रासस÷एएफपी

5020
Shares

ट्रेन्डिङ