सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • १४ वर्षमै बेलायती विश्वविद्यालयको प्राध्यापक

१४ वर्षमै बेलायती विश्वविद्यालयको प्राध्यापक

2665
Shares
१४ वर्षमै बेलायती विश्वविद्यालयको प्राध्यापक

बेलायतको लेचेस्टर युनिभर्सिटीमा १४ वर्षका एक मुस्लिम किशोर गणित विषयका प्राध्यापक बनेका छन् । याशा एस्लेलाई विश्वविद्यालयले भिजिटिंग प्रोफेेसरको रुपमा छनोट गरेको छ । समाचार अनुसार एस्लेले विश्वविद्यालयमा गणित विषय बढाउनुका साथै आफैले पनि पढिरहेका छन् र डिग्री हासिल गरिरहेका छन् ।
उनी उक्त विश्वविद्यालयका सबैभन्दा कम उमेरका छात्र तथा सबैभन्दा कम उमेरका प्राध्यापक पनि बनेका छन् ।
गणितमा उनको अविश्वसनीय ज्ञान तथा क्षमता देखेर सबैले उनलाई मानव क्याल्कुलेटर भन्छन् । याशाका पिता मूसा एस्लेले उनलाई दिनहुँ कारमा राखेर विश्वविद्यालय पूराउँछन् ।
उन छिोराको उक्त उपलब्धीमा गर्वित छन् । याशा आफ्नो डिग्री कोर्स पूरा गर्ने चरणमा छन् र त्यसपछि उनले विद्यावारिधी गर्नेछन् । बालक प्रोफेसर याशा एस्लेले आफ्नो लागि यो वर्ष सबैभन्दा उत्कृष्ट वर्ष रहेको बताउँछन् । आफुलाई जागिर पाउनु भन्दा पनि अरु विद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्ने उनको भनाई छ ।
याशाले आफु १३ वर्षको हुँदा नै विश्वविद्यालयमा सम्पर्क गरेका थिए ।
उनको उमेर त कम थियो तर विश्वविद्यालयको टिम उनको गणितको अथाह ज्ञान देखेर चकित भयो । त्यसपछि उनलाई विश्वविद्यालयको अतिथि प्राध्यापकको रुपमा चयन गरियो ।
१४ वर्षका याशालाई विश्वविद्यालयको भिजिटिंग प्रोफेसरको पद दिनका लागि लिचेस्टर विश्वविद्यालयको मानव संसाधन विकास विभागले लिचेस्टरको परिषदबाट विशेष अनुमति लिनु परेको थियो ।
परिषदका अधिकारीह्रु पनि विश्वविद्यालयको यस्तो निवेदन देख्दा सुरुमा अचम्मित भए र विश्वासै गर्न सकेनन् । उनीहरुले पनि जब याशालाई भेटे तब उनको क्षमता देख्दा तिनछक परे । त्यसपछि परिषदले ती विलक्षण प्रतिभा याशालाई अतिथि प्राध्यापकको रुपमा नियुक्त गर्न विश्वविद्यालयलार्य स्विकृति दियो । एजेन्सी

2665
Shares

ट्रेन्डिङ