युएईबाट आधुनिक पुस्तकालय निर्माणको लागि गरियो ४३ हजार सहयोग आशिष बान्ताव मलेसिया :- वैदेशिक रोजगारको क्रममा रहेको नेपालीहरुले उदयपुर जिल्ला स्थित कटारी नगरपालिका वडानम्बर १४ चौधमा रहेको श्री चन्द्रावाती उच्च माद्यामिक बिधालय लेखानीलाई युएईबाट ४३ हजार ८ सय रुपैयाँ सहयोग भएको छ । सामाजिक संजालबाट थालिएको ” आफ्नो गाउँ आफैं बनाउ , चउमावीमा आधुनिक पुस्तकालय निर्माण गरौं ” भन्ने नाराको साथ अभियान गत २६ डिसेम्बर २०१६ मा ” साझा समाज लेखानी ” ( shared society lekhani ) गठन भएको थियो ।
१९ सदस्यीय समिति गठन गरेर थालिएको उक्त अभियान सामाजिक संजाल फेस बुक मार्फत आर्थिक सङ्कलन गरिएको हो । आधुनिक पुस्तकालय निर्माण अभियानमा हालसम्म वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया , कतार , बहराइन , साउदी अरेबिया , कुवेत , नेपाल , युएई लगाएतका मुलुकमा रहेका लेखानीवाशीको साथै मनकारी सामाजिक भावनाले ओतप्रोत व्यक्तिहरुले सहयोग सङकलन गरेका छन ।
युएईबाट ओखलढुंगा निवासी बाला राई ३ हजार , मोरङका रेनुका राना मगर ३ हजार , सिन्धुपाल्चोक निवासी सरिता बस्नेत ३ हजार , गुल्मीका सुनिता भण्डारी ३ हजार ,सितल राई २,८०० रुपैया , ताप्लेजुङका गौरव लिम्बु पन्दाक ५,८०० , मकवानपुरका कृष्ण प्रसाद कर्पौला ५,८०० सिन्धुली दुधौलीका गुणराज फुयाल १,४५० , उदयपुर लेखानीका हेम चन्द्र राई १६,९५० रुपैयाँ गरि ४३ हजार ८ सय रुपैयाँ श्री चन्द्रा वति उच्च माद्यामिक बिधालयको आधुनिक पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेका हुन ।
हालसम्म ४ लाख ३० हजार भन्दा धेरै प्रतिबद्धता रकम जाहेर भएकोमा हालसम्म २ लाख ९० हजार भन्दा धेरै सहयोग रकम जम्मा भएको साझा समाज लेखानीको कोष अध्यक्ष कोमल प्रसाद प्याकुरेलले जानकारी गराएका छन । उदयपुर जिल्लाको विकट गाउँ राजनीति तथा सामाजिक आर्थिक हिसाबले पछि परेको यश क्षेत्रमा आम वैदेशिक रोजगारमा रहेको तथा मनकारी दाताहरुबाट पैसा सङ्कल गरेर आधुनिक पुस्तकालय निर्माणका लागि य अभियान चालिएको मलेशिया रहेका समाजको सचीव शम्भु कुमार राईले जानकारी गराएका छन ।
आउदो नयाँ वर्षमा श्री चन्द्रावति उच्च माध्यमिक बिधालय लेखानीलाई आधुनिक पुस्तकालय हस्तान्तरण गर्ने गरि अभियान चालिएको साझा समाजको अध्यक्ष पेशल खप्तरी मगरको योजना रहेको छ । उक्त बिधालयमा कक्षा १ देखि १२ कक्षासम्म अध्यन भएको र हाल ५ सय भन्दा धेरै मगर , राई , न्यवार , आदिवासी जनजाति , दलित , ब्राह्मण समुदायको छोराछोरीले अध्यन गर्दछन ।