सबैको समाचार
बुधबार, भदौ ३, २०८३
  • होमपेज
  • ‘काले दाइ’ हिट भएपछि ‘पर्व’ को नयाँ गीत रिलिज

‘काले दाइ’ हिट भएपछि ‘पर्व’ को नयाँ गीत रिलिज

8265
Shares
‘काले दाइ’ हिट भएपछि ‘पर्व’ को नयाँ गीत रिलिज

चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतले युटुबमा १ करोड भन्दा बढी दर्शकको साथ पाइसकेको छ । यो गीत अहिले दर्शकको मुखमा झुन्डिएको छ ।
पहिलो गीतले १ करोड भन्दा बढी दर्शक पाएपछि यसको निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत सार्वजनिक गरेको छ । सुवास गिरी र निकिता पौडेलको निर्माणमा तयार भएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘जिन्दगानी तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । केतन क्षेत्रीको स्वर रहेको गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत छ ।
यो गीतको दृश्य उत्कृष्ट छ । साथमा, चलचित्रका मुख्य कलाकार नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिश क्षेत्रीको केमेष्ट्री गजबको देखिएको छ । चलचित्रमा माला लिम्बु, केशव भट्टराई, जेविका कार्की लगायतका कलाकारको पनि अभिनय छ ।
कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, वनिष शाहको सम्पादन, चन्द्र पन्तको एक्सन यो चलचित्रमा छ । सस्पेन्स थ्रीलर कथामा बनेको यो चलचित्रको ट्रेलर पनि रुचाइएको छ । यो चलचित्र जेठ १२ गतेबाट देशभर रिलिज हुँदैछ ।

8265
Shares

ट्रेन्डिङ