सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • छक्का पन्जा २ बाट किन अलग भए धुर्मुस र गैंडा , यस्ताे छ कारण !

छक्का पन्जा २ बाट किन अलग भए धुर्मुस र गैंडा , यस्ताे छ कारण !

4650
Shares
छक्का पन्जा २ बाट किन अलग भए धुर्मुस र गैंडा , यस्ताे छ कारण !

काठमाडौं । तीतोसत्य, मेरी बास्सै र जिरे खुर्सानी तीन फरक–फरक टेलिशृंखलाका हास्यकलाकार मिलेर गाईजात्रा कार्यक्रम पनि सँगै गर्थे । हास्यकलाकारबीचको यही एकतालाई निरन्तरता दिँदै दीपकराज गिरीको नेतृत्वमा ‘६ एकान ६’ फिल्म बनाइयो ।
फिल्ममा तीनवटै क्याम्पका कलाकार सहभागी भए । त्यसपछि सोही समुहले ‘वडा नम्बर ६’ र ‘छक्का पन्जा’ पनि निर्माण ग¥यो । ‘छक्का पन्जा’ले त नयाँ नयाँ रेकर्ड नै राख्यो । तर, हास्यकलाकारहरुको यो साँठगाँठ ‘छक्का पन्जा २’ मा नरहने भएको छ । निर्मल शर्मा अर्थात् ‘गैंडा’ अहिले आफ्नो टेलिसिरियल ‘टेन टु फाइभ’ मा व्यस्त छन् भने धुर्मुस सामाजिक सेवामा ।
त्यसैले निर्मल शर्मा र सिताराम कट्टेल अब दीपकराज गिरी र दीपाश्रीको क्याम्पबाट अलग्गिएका छन् । त्यसो त निर्मलले बेलाबेला फेसबुक स्टाटसबाटै आफू एक्लै काम गर्ने सोचमा रहेको संकेत दिइसकेका थिए । धुर्मुसचाहिँ फिल्मभन्दा पनि भूकम्पपीडित तथा गरिबहरुलाई भवन निर्माण गरिदिने अभियानमा लागिपरेका छन् । गज्जब साप्ताहिकबाट

4650
Shares

ट्रेन्डिङ