सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रेम, रोमान्स् र नस्टाल्जिया – फेरि त्यो रात

प्रेम, रोमान्स् र नस्टाल्जिया – फेरि त्यो रात

4960
Shares
प्रेम, रोमान्स् र नस्टाल्जिया – फेरि त्यो रात

काठमाडौं, जेठ ३ (रामगोपाल आशुतोष) । युवा गायक नारद दाहालले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रुमानी भावको सो गीतमा गायक दाहालको आवाजले प्रेमिलमनहरूलाई नस्टाल्जिक बनाउने छ । गायन उनको बाल्यकालदेखिको शोंख हो । उनले विद्यालयमा छँदा विभिन्न प्रतियोगितामा थुप्रै गीत गाए । डाँडाकाँडा घन्काउँदै हुर्केका नारदको गायकी युवा पुस्तालाई आकर्षित पार्ने खालको छ । डोम काफ्लेको शब्द रचना अनि टीका भण्डारीको सङ्गीत रहेको सो म्युजिक भिडियो केही हप्ता अगाडि युट्युबमार्फत सार्वजनिक भएको हो ।
गायक नारद दाहालको रोजाइ नामक गीती एल्बम सार्वजनिक छ । सो एल्बममा आफ्नै सहोदर भाइ टेकन दाहालले युगल आवाज दिएका छन् । एल्बममा छ वटा गीत सङ्ग्रहित छन् । सात वर्षदेखि अस्ट्रेलियाको दक्षिणी भेगमा अवस्थित एड्लेड शहरमा बसोबास गर्दै आएका दाहाल लुकी लुकी बोलको अर्को गीत युट्युबमार्फत सार्वजनिक गर्ने जमर्कोमा छन् ।
चर्चित सङ्गीत संयोजक किरण कँडेलको सङ्गीत संयोजनमा सजिएको सो म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।
चर्चित मोडल एवम् नायिका केकी अधिकारी र लोकप्रिय मोडल पुष्पल खड्काको जीवन्त अभिनय रहेको सो म्युजिक भिडियोको उत्पादन टेकन दाहालको युट्युब च्यानलले गरेको हो ।

4960
Shares

ट्रेन्डिङ