सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आवेगमा नआउन मधेसी नेतालाई प्रधानमन्त्रीको आग्रह

आवेगमा नआउन मधेसी नेतालाई प्रधानमन्त्रीको आग्रह

2740
Shares
आवेगमा नआउन मधेसी नेतालाई प्रधानमन्त्रीको आग्रह

जेठ ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजपासहितको संघीय गठबन्धनलाई आवेगमा आएर तत्काल आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् । राजपाका नेताहरूले सोमबार गठबन्धनको बैठकमा दोस्रो तहको निर्वाचनविरुद्ध आन्दोलनमा जाने निर्णय गर्न लाग्दा प्रधानमन्त्री दाहालले महन्थ ठाकुरलाई फोन गरेर आन्दोलनका कार्यक्रम तत्काल घोषणा नगर्न आग्रह गरे ।
राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्रीको आग्रहअनुसार मंगलबारसम्म सरकारको निर्णय पर्खने अनौपचारिक सहमति भएको जानकारी दिए । उनले प्रधानमन्त्रीले गरेको फोनबारे जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीले फोन गरेर मंगलबार दिउँसोसम्म आन्दोलन घोषणा नगर्न आग्रह गर्नुभयो । सरकारले हाम्रा मागका विषयमा अन्तिम निर्णय नगर्दासम्म विश्वास गर्ने वातावरण छैन ।’
– अन्नपूर्ण पोस्ट

2740
Shares

ट्रेन्डिङ