सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कम्प्युटर फास्ट बनाउन यसो गरौँ

कम्प्युटर फास्ट बनाउन यसो गरौँ

3135
Shares
कम्प्युटर फास्ट बनाउन यसो गरौँ

घर तथा कार्यालयका अधिकांश कम्प्युटरमा कहिलेकाहीँ स–साना कमजोरीले पनि समस्या आइरहन्छन् । कम्प्युटरमा काम गर्दै गर्दा गति कम हुने तथा भाइरसले सताउने समस्या अधिकांशले भोगिरहेका हुन्छन् । भर्खरै राम्रोसँग चलिरहेको कम्प्युटर आफैँ स्लो हुन पुग्छ । धेरै समय पर्खंदा पनि कम्प्युटर ओपन हुँदैन । काम गर्दै गर्दा कम्प्युटर हयाङ हुनेजस्ता समस्याहरू नियमित हुन्छन् । कम्प्युटरमा हुने यस्ता कतिपय समस्याहरू आफैँले पनि नियन्त्रण तथा कम गर्न सकिन्छ । केही तरिका अपनाउँदा हामी आफैँले कम्प्युटरको गति बढाउ सकिन्छ । कम्प्युटरमा हुने समस्या समाधान गर्ने केही समान्य तरिकाबारे आइटी इन्जिनियर शर्मिला शर्माका सुझाब यस्ता छन् :
कम्प्युटरमा देखिने सबैभन्दा प्रमुख समस्या भाइरसका कारणले हो । यस्तो भाइरसलाई स्क्यान गर्नाले कम्प्युटरको गति बढाउन सकिन्छ । भाइरसका कारण अनावश्यक प्रोग्रामहरू चलिरहेका हुन्छन् । जसले गर्दा कम्प्युटर स्लो हुन जान्छ । भाइरसकै कारण कम्प्युटरमा राखिएका आवश्यक डकुमेन्टहरू हराउने सम्भावन पनि बढी हुन्छ । यस्तो समस्या समाधानका लागि स्क्यान डिस्क प्रोगामलाई रन गर्नुपर्छ । कम्प्युटरमा रहेको स्क्यान डिस्क प्रोगामलाई समय–समयमा रन गर्दा गति बढाउन र अन्य समस्या पनि नियन्त्रण सकन्छि ।
कम्प्युटरमा कतिपय टेम्पोरोरी फाइल सेभ भएर बस्छन् । जसले कम्प्युटरमा भार बढी पर्ने हुन्छ र स्लो हुन जान्छ । यस्तो समयमा कम्प्युटरमा हुने टेम्पोरोरी फाइललाई हटाएर पनि कम्प्युटर फास्ट बनाउन सकिन्छ ।
हामीले डिलिट गरेका अनावश्यक फाइलहरू रिसाइकल बिनमा गएर बस्छन् । जसले गर्दा कम्प्युटरको स्पिडमा असर गरिरहेको हुन्छ । त्यसैले रिसाइकल बिनमा भएका फाइलहरू पनि खाली गर्नुपर्छ । डेस्कटपमा पनि अनावश्यक फाइलहरू राख्नुहुँदैन । सधैँ क्लिन राख्नुपर्छ ।
नचाहिँदा सफ्टवेयर तथा प्रोगामहरूलाई पनि हटाउनुपर्छ । नचाहिने सफ्टवयरले पनि कम्प्युटरलाई स्लो गर्नुका साथै अन्य खराबी पनि ल्याउन सक्छ ।
इन्टरनेट चलाउँदै गर्दा अनावश्यक प्रोग्रामहरू डाउनलोड गर्दा पनि कम्प्युटर स्लो हुन्छ । त्यसैले आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र डाउनलोड गर्नुपर्छ ।
-नयाँ पत्रिकाबाट

3135
Shares

ट्रेन्डिङ