सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

4175
Shares
अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

२२ भदौ, धादिङ । पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ ।
धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताए ।

धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक शिशु बोकेर सडक क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेपछि बजारवासीले प्रहरीलाई खबर गरेका थिए ।आरोपी सापकोटालाई सोधपुछपछि प्रहरीले पक्राउ गरेको छ भने बालिकाको नातेदारको खोजी गरी जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
पोखराको चिप्लेढुङ्गा क्षेत्रमा कवाडी सामानको काम गर्ने बालिकाका बाबुआमालाई आफूले घरमा बालक हेरी दिने बताएर उनीहरु काममा गएको बेला बालिका बोकेर धादिङ ल्याएको प्रारम्भिक अनुसन्धानमा सापकोटाले प्रहरीलाई बताएको प्रहरी सहायक निरीक्षक जिसीले जानकारी दिए ।

सापकोटाले बालिकालाई २० गते दिउँसो पोखराबाट ल्याएको बताएपनि अपहरण किन ग¥यो भन्नेबारे अझैसम्म केही नखुलेकाले अनुसन्धानपछि आरोपी विरुद्ध मुद्दा चलाइने जनाइएको छ ।अनलाईन खबर बाट

4175
Shares

ट्रेन्डिङ