सबैको समाचार
बिहिबार, असार १९, २०८२
  • होमपेज
  • आज ६४औं क्षयरोग दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज ६४औं क्षयरोग दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

4005
Shares
आज ६४औं क्षयरोग दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

मंसिर १३, काठमाडौं । आज ६४ औं राष्ट्रिय क्षयरोग दिवस बिभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ । नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गतेलाई राष्ट्रिय क्षयरोग दिवसका रुपमा मनाउने गरिन्छ ।

क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो । दिवसको अवसरमा आज बिभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य मन्त्रालय र स्वाथ्यको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले ¥याली तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरेका छन् ।

नेपालमा क्षयरोग निवारणकालागि विरामीलाई निःशुल्क उपचार हुदै आएको छ । प्रतिबर्ष बिश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गर्दछ ।नेपालको क्षयरोगको तथ्याकं झन भयावह छ, राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार लगभग ५० प्रतिशत नेपाली जनसख्याँ क्षयरोगले ग्रसित पाइएको छ ।

हरेक बर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु नेपालमा थपिने र करिब ५ देखि ७ हजार नेपाली क्षयरोगले बर्षेनी मृत्यु हुने तथ्याकं रहेको छ ।

4005
Shares

ट्रेन्डिङ