सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेपाली क्रिकेट टोली आज युएई जाँदै

विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेपाली क्रिकेट टोली आज युएई जाँदै

4100
Shares
विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेपाली क्रिकेट टोली आज युएई जाँदै

मंसिर १३, काठमाण्डाैं । संयुक्त अरब इमिरेट्स विरुद्ध अर्को साता हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका लागि नेपाली टोली आज त्यसतर्फ जाँदैछ ।

पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोलीको दुई दिनअघि घोषणा भएको थियो । युएईसँग खेल खेल्नुअघि नेपालले दुईवटा अभ्यास खेल खेल्नेछ ।

नेपालले शुक्रबार अमेरिका र त्यसपछि आइतबार केन्यासँग खेल्नेछ । नेपाल र युइएबीच युएइमै मंसिर २० र २२ गते दुई खेल हुनेछ । । नेपाल र युएई दुवै डिभिजन २ मा घटुवा भइसकेका छन् ।

दोस्रो चरणमा रहेका २० खेलाडीबाट १४ बाहेक ४ वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । वैकल्पिक मध्येका दुई खेलाडी अनिल कुमार साह र जितेन्द्र मुखिया पनि टोलीसँगै युएइ जाने बताइएको छ ।

च्याम्पियनसिपमा नेपाल ९ अंकसहित छैटौं र ६ अंकसहित युएई पुछारमा रहेको छ ।

4100
Shares

ट्रेन्डिङ