सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • आशा किरण केन्द्रको बार्षिकोत्सव अवसरमा स्वास्थ्य शिविर

आशा किरण केन्द्रको बार्षिकोत्सव अवसरमा स्वास्थ्य शिविर

5155
Shares
आशा किरण केन्द्रको बार्षिकोत्सव अवसरमा स्वास्थ्य शिविर

सुनिल श्रेष्ठ, 

पर्सा , पुष , १२ ,   आशा किरण केन्द्र बिरगजको वार्षिकोत्सबको अवसरमा सुस्त मनिस्थिति, मस्तिष्क पक्षघात जस्ता बालबालिकाहरुका लागि निशुल्क स्वास्थ परिक्षण शिविरको आयोजना गरिएको छ ।

स्वास्थ्य परिक्षण शिविरमा काठमाडौका डाक्टर प्रज्ञा कर्मचार्या, मनोज शाह, बिनेस शाक्यको टोलिले आज पहिलो दिन मस्तिष्क पक्षघात भएका करिव ४४ जना बालबालिकाहरुको पहिचान गरेका छन भने बाल विशेषज्ञ डा. अशोक दास, डा.सन्जय अग्रवाल, हाइटेक डेण्टलका राजेस स्वर्णकार एवं मात्रीक आइफाउण्डेसनका डाक्टरहरुबाट समेत करिब ११५ जना बालबालिकाहरुलाइ स्वास्थ्य परिक्षण गरिएको छ ।

शिविर केन्द्रका अध्यक्ष पृथ्वीराज भन्डारिको सभापतित्वमा संचालन गरिएको थियो भने ब्यवस्थापनका सम्पुर्ण कार्य संस्थाका सस्थापक सुनिल गुप्ता, महासचिव ममता राजकर्निकारले गरेका थिए । बालबालिकाहरुलाइ शिविरमा स्वयंसेवकको रुपमा नुतन सरावगी, अनिसकात कुश्वाहा, बिनय गुप्ता, रजनी बर्मा, सिन्धु कुश्वाहा, पुजा चौधरी, अनिल चौधरी, श्याम सरार्फ, कमलेस कुश्वाहा, अन्जली गर्ग लगायत स्वास्थ्यकर्मिहरुले सहयोग गरेका थिए ।

शिविरको प्रशंसा नेपाल नेत्र ज्योती संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, रेडक्र्स पर्साका उपसभापति श्रीमती मधुराणाले गर्दै शुभकामना दिनु भएको थियोे ।

स्वास्थ्य शिविर १२ र १३ गते सम्म सिद्धार्थ मा.बि. श्रीपुरमा रहेका आशा किरण केन्द्रको कार्यालयमा संचालन हुनेछ भने बार्षिक कार्यक्रम भोलि १३ गते स्वास्थ्य शिविर पछि संचालन हुनेछ ।

5155
Shares

ट्रेन्डिङ