सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • झन् महँगो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

झन् महँगो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

6090
Shares
झन् महँगो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदैछ ?

काठमाडौं, साउन १३ : साताको पहिलो दिन आइतबार ५ सयले बढेको छापावाल सुन आज पनि सात सयले बढेको छ। हिजो १२ सयले बढेर ९७ हजार पाँच सयमा कारोबार भएको सुन आज बढेर ९८ हजार दुई सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगातार उकालो लागेको सुन अन्तर्राष्ट्रिय बजारमा आज प्रति औंस १३ डलरले बढेको सुनचाँदी भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए। एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ। त्यस्तै आज तेजावी सुनको भाउ ९७ हजार ७ सय ६० रुपैयामा कारोबार भइरहेको छ भने चाँदीको भाउ प्रतितोला १२ सय ४५ पुगेको छ।

6090
Shares

ट्रेन्डिङ