सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

6285
Shares
हाँस्य कलाकार हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

काठमाडौं, असोज २० : कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ। सोमबार स्वाब दिइएकोमा मंगलबार रिपोर्ट पोजेटिभ आएको आचार्यले बताएका छन्। आचार्य र उनकी श्रीमती रमिलामा कोरोना संक्रमण देखिएको हो। उनीहरूको स्वास्थ्य सामान्य छ।

‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्।

आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्।

6285
Shares

ट्रेन्डिङ