सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • पाँच महिना रोकिएको अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडान सुरु

पाँच महिना रोकिएको अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडान सुरु

5110
Shares
पाँच महिना रोकिएको अन्तर्राष्ट्रिय व्यवसायिक हवाई उडान सुरु

काठमाडौं, भदौ १७ । गत चैत ९ गतेदेखि रोकिएको नियमित अन्र्तराष्ट्रिय उडान सुरु भएको छ। गएराति नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमति उडान सुरु भएको हो।

पाँच महिना रोकिएको व्यवसायिक हवाई उडान खुला भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। नयाँ उडान तालिका अनुसार आजदेखि आउँदो असोज १४ गतेसम्म ६० वटा नियमित र २७ वटा चार्टर उद्धार उडान हुनेछन्। यस अनुसार दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडान हुनेछन्।

यात्रु नेपाल आउँदा भने सरकारले तोकेका सबै मापदण्ड पूरा गर्नुपर्ने शर्त राखिएको छ। सुरुवाती चरणमा नेपालीका लागि मात्र उपलब्ध हुने हवाई सेवाबाट नेपाल आउनेले पिसीआर नेगेटिभ प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैबीच सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको सङ्ख्या बढाएको छ।

उडानबाट दैनिक आठ सय जना स्वदेश आउन पाउने प्राधिकरणले जनाएको छ। यसअघि सरकारले दैनिक पाँच सय मात्र आउन दिने निर्णय गरेको थियो। आज चार्टर्ड उडानमार्फत कुवेत, जापान, मालदिभ्स र युएइबाट गरी ७ सय भन्दा धेरै नेपाली स्वदेश आउँदैछन्।

कुवेतबाट मालिन्दो एयरमार्फत १७८ जना, जापानबाट नेपाल एयरलाएन्समार्फत २५० जना स्वदेश फर्किन लागेका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार मालदिभ्सबाट हिमालय एयर मार्फत १३० जना र युएईबाट फ्लाई दुवईबाट १७० जना आउन लागेका छन्।

5110
Shares

ट्रेन्डिङ