सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस

पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस

6325
Shares
पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस

काभ्रे, मंसिर २१ :  शनिवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा वि.स. १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो ।

त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ ।

यसैबिच काभ्रेको पनौती नगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस मनाएको छ । कोभिड १९ को रोकथाम सबृद्धिका लागी संयुक्त कार्यःमहिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको भुमिका अपरिहार्य भन्ने नाराका साथ नगरपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी,बागमती प्रदेश सभा सदस्य सांसद चन्द्र लामा,स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, वडा नम्बर ७ का सदस्यहरु पुरुषोत्तम कर्माचार्य ,जीवन रघु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यस्तै वडा नम्बर ८ मा पनि दिवश मनाईएको छ । दिवशका अवसरमा वडामा कर्यरत महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट कार्यसेवाको मूल्यांकन गरी पुरस्कार वितरण गरिएको हो ।

6325
Shares

ट्रेन्डिङ