सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • धुलिखेल ९ को राष्ट्रिय युवा संघ संयोजकमा हुमागाई चयन

धुलिखेल ९ को राष्ट्रिय युवा संघ संयोजकमा हुमागाई चयन

19390
Shares
धुलिखेल ९ को राष्ट्रिय युवा संघ संयोजकमा हुमागाई चयन

धुलिखेल : धुलिखेल नगरपालिका वडा नम्बर ९ को राष्ट्रिय युवा संघ संयोजकमा रमेश राज हुमागाई चयन हुनु भएको छ । नेकपा (ओली समूह) का केन्द्रिय सदस्य एवं जिल्ला पार्टी कमिटी अध्यक्ष अशोक ब्याञ्जुको उपस्थितिमा भएको भेलाले हुमागाईलाई संयोजकमा चयन गरेको हो ।

भेलाले राष्ट्रिय युवा संघको सह संयोजकमा विकास तामाङलाई चयन गरेको छ । त्यस्तै संघको सचिवमा सरोज हुमागाई चयन हुनुभएको छ । कार्यक्रममा बोल्दै प्रमूख अथिती ब्याञ्जुले गाउँको विकास निर्माणका लागि युवाहरु एकजुट हुनु पर्नेमा जोड दिनुभयो ।

‘प्रधानमन्त्री ओलीले अघि सारेको समृद्ध मुलुक निर्माणमा युवाहरुको साथ आवश्यक छ, समृद्ध मुलुकको थालनी गाउँबाटै गर्नुपर्छ, धुलिखेल नगरपालिकाका मेयर समेत हनुभएका ब्याञ्जुले भन्नुभयो ‘त्यसका लागि नगरपालिकाले युवा परिषद् नै गठन गरेर युवालाई आफ्नै गाउँठाउँ सुहाउँदो सीप मार्फत स्वरोजगार बनाउन थालेको समेत बनाउनुभयो ।

19390
Shares

ट्रेन्डिङ