सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • मेलम्ची बाढी पहिरो : थप एकजनाको शव भेटियो, बेपत्ता चार सम्पर्कमा

मेलम्ची बाढी पहिरो : थप एकजनाको शव भेटियो, बेपत्ता चार सम्पर्कमा

12175
Shares
मेलम्ची बाढी पहिरो : थप एकजनाको शव भेटियो, बेपत्ता चार सम्पर्कमा

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये ४ जना सम्पर्कमा आएका छन्। घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको बताइएको छ । गएराति अबेर ४ जना जिवितै भेटिएको र एक जनाको शव भेटिएको भन्ने खवर आएको र पुष्टि गर्न बाँकी रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए। उनका अनुसार बेपत्ता भएका १५ जनाको खोजी कार्य जारी छ। मंगलबार रातिदेखि आएको भीषण वर्षापछिको बाढीमा परि २० जना बेपत्ता भएको प्रारम्भिक अनुमान छ।

उक्त घटनामा यसअघि दुई जनाको शव भेटिएको छ। दुईमध्ये एक चिनिया र एक नेपाली नागरिक छन्। नेपाली नागरिकको पहिचान खुल्न बाँकी छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दुई वटा हेलिकोप्टरको सहयोगमा उद्धार कार्य चलिरहेको छ। मेलम्ची र इन्द्रावतीमा पानीको सतह केही कम भएपनि घटनास्थलमा हल्का पानी परिरहेकोले उद्धारमा कठिनाई आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए।

घटनाबाट भएको क्षतिको विवरण, उद्धारमा आएको कठिनाई र राहतबारे छलफल गरी आवश्यक निर्णय लिन प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको नेतृत्वमा जिल्लाका सुरक्षा संयन्त्रका अधिकारीको बैठक बस्ने खनालले जानकारी दिए।

12175
Shares

ट्रेन्डिङ