सबैको समाचार
मङ्लबार, भदौ ९, २०८३
  • होमपेज
  • अव बनेपाको चारदोबाटोदेखि गोदामचोकसम्म सवारी पार्किङ गरे ह्विल लक

अव बनेपाको चारदोबाटोदेखि गोदामचोकसम्म सवारी पार्किङ गरे ह्विल लक

15585
Shares
अव बनेपाको चारदोबाटोदेखि गोदामचोकसम्म सवारी पार्किङ गरे ह्विल लक

काभ्रे जिल्लाको बनेपा स्थित चारदोबाटो देखि गोदामचोकसम्म सवारी पार्किङ गरे ह्विल लक गरिने भएको छ । नगरपालिकाको ब्यस्त ठाउँ त्रिभुवनचोक देखि गोदामचोकसम्म अव्यवस्थित पार्किङ हुने क्रम बढेपछि ट्राफिक प्रहरीले अबदेखि ह्विल लक लगाउने भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपा नगरपालिका र वडा नम्बर ७ का वडा अध्यक्षको रोहबरमा छलफल गरेर सो निर्णय गरिएको हो । बनेपा नगरपालिका वडा नं ७ का अध्यक्ष बर्ण शाक्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठ, समाजसेवी, यातायात व्यवसायीको सहभागितामा बसेको बैठकले भदौ १ देखि व्यवस्थित पार्किङ को निर्णय कार्यान्वयन गर्ने भएको छ पूर्वपट्टीको भागमा १५ दिन पार्किङ हुनेछ भने पश्च्चि भागमा १५ दिन हुने बैठकको निर्णयमा उल्लेख गरिएको छ।

चारदोबाटोमा पनौतीको गाडी रोक्ने र चढाउने कार्य भैरहेको थियो भने अब भदौ १ देखि गोदामचोक स्थित सहकारी भवन अघि सार्ने निर्णय समेत गरिएको ट्राफिक प्रमुख श्रेष्ठले जानकारी दिइन् ।

15585
Shares

ट्रेन्डिङ