सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अधिकारीको अध्यक्ष पदमा उम्मेदवारी

अधिकारीको अध्यक्ष पदमा उम्मेदवारी

11800
Shares
अधिकारीको अध्यक्ष पदमा उम्मेदवारी

निर्माता संघको नयाँ नेतृत्व चयनका लागि निर्माता आकाश अधिकारीले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । अधिकारीले बिहीबार नै आफ्नो प्यानल पनि सार्वजनिक गरि सकेका छन् । दुई उपाध्यक्षमध्ये प्यानलमा प्रथम उपाध्यक्षका लागि केशव भट्टराई अधिकारी प्यानलबाट सम्भावित उम्मेद्वार छन् । तर अधिकारीले भने अझै उपाध्यक्षमा भट्टराईलाई राख्ने कि नराख्ने भन्ने टुङ्गो नलागेको अधिकारीले बताए ।
अधिकारीको प्यानलबाट महासचिवमा छविराज ओझा, सचिव पदमा गोविन्द शाही र कोषाध्यक्षमा सुशील पोखरेलको नाम सार्वजनिक भएको छ । सदस्यहरुमा करिश्मा मानन्धर, निश्चल बस्नेत, दीपकराज गिरी, चेतन सापकोटा, योगेश घिमिरे, दीपेन्द्र के खनाल, भानुप्रताप, निकिता पौडेल, रौनकविक्रम कंडेल रहेका छन् ।
अध्यक्षका उम्मेद्वार अधिकारीले चुनाव निर्विरोध सम्पन्न हुने विश्वास आफूले लिएको बताए। अधिकारी सन् २००२ बाट नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् ।
उनले सन् २०१६ सम्ममा १३ फिल्म निर्देशन तथा निर्माण गरेका छन्। पन्छी, को आफ्नो को बिरानो, कोहिनूर जस्ता हिट फिल्म दिएका आकाश अधिकारीले इन्डिया मधुमती फिल्म इन्स्टिच्युटबाट फिल्ममेकिङमा डिप्लोमा गरेका हुन ्। संघको चुनाव यही पुस दुई गते हुँदैछ ।

11800
Shares

ट्रेन्डिङ