सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आखिर किन प्रताप चार्ली च्याप्लिनको अवतारमा देखा परे ? हेर्नुहोस् भिडियो

आखिर किन प्रताप चार्ली च्याप्लिनको अवतारमा देखा परे ? हेर्नुहोस् भिडियो

6635
Shares
आखिर किन प्रताप चार्ली च्याप्लिनको अवतारमा देखा परे ? हेर्नुहोस् भिडियो

 

लोकप्रिय गायक श्यान र ज्ञान्जलको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ। ‘यता हेरन’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

शिवराजको शब्द तथा लय रहेको गीतमा बालकृष्ण सेवाचार्यको एरेञ्ज छ। बालकृष्ण सेवाचार्यकोे निर्देशन रहेको गीतको भिडियोमा प्रताप हुमागाईँ र अभिनेत्री खुस्वु श्रेष्ठ देखिएका छन्।

उक्त गीतको म्युजिक भिडियोलाई पूरानो दृष्यमा देखाइएको छ । भिडियोमा प्रयोग गरिएको सम्पूर्ण दृष्यलाई सादा गरिएता पनि एउटा रातो गुलाफलाई भने निकै मेहनतका साथ रंगीनमा देखाइएको छ ।

८० दशकको समयलाई दर्शाइएको ‘यता हेरन’ बोलको गीतको भिडियोलाई रोमाञ्चक रुपमा प्रस्तुत गरिएको छ । नेपालमा प्राय म्युजिक भिडियो पूरानो तरिकाले देखाउन खोजिएको भिडियोमा सबै दृष्यलाई सादा नै देखाइन्छ तर यस गीतको म्युजिक भिडियोमा भने सबै दृष्य पूरानो भएपनि एउटा रातो गुलाफको फूललाई रंगिनमा नै देखाइएको छ ।

त्यसैले पनि यो भिडियो अरुभन्दा पृथक र रोचक देखिएको छ । यस गीतको भिडियोमा हामीले प्रतापलाई चार्ली च्याप्लिनको अवतारमा देख्न सक्छौँ ।

उक्त भिडियोलाई अशोक रञ्जितले सम्पादन गरेका हुन् । यो गीतको भिडियो Flutter music Nepal यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
हेर्नुहोस् भिडियो :

6635
Shares

ट्रेन्डिङ