सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे कांग्रेसकाे राजनितीमा उदाएका युवा नेता नृपेश वादे

काभ्रे कांग्रेसकाे राजनितीमा उदाएका युवा नेता नृपेश वादे

6745
Shares
काभ्रे कांग्रेसकाे राजनितीमा उदाएका युवा नेता नृपेश वादे

 

काभ्रे : नेपाली कांग्रेस काभ्रेका १४ औँ जिल्ला अधिवेशन सकिंदै गर्दा एक उदाउँदो युवा नेता सबैकाे मन जित्न सफल भएका छन् । ती हुन् नृपेश वादे ।

वादे पूर्व उद्योग राज्य मन्त्री कञ्चन चन्द्र वादेकाे निकटमा रहेर राजनैतिक रुपमा आफुलाई निखार्दै आईरहेका छन् । वादेले नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंघ बाट आफ्नाे राजनैतिक यात्रा अघि बढाएका हुन् ।

एक दशक भन्दा बढि लामाे राजनैतिक यात्रामा उनले नेविसंघ तथा पार्टीको विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

यस्तो छ नृपेश वादेको राजनीतिक यात्रा
२०६५ सालमा स्वबियु सदस्य, काभ्रे क्याम्पस
२०६९ सालमा नेबिसंघ बनेपा नगर सभापति
२०६९ सालमा नेबिसंघ जिल्ला उपाध्यक्ष
२०७३ सालमा नेबिसंघ काभ्रेको कार्यबाहक सभापती
२०७५ सालमा नेबिसंघ जिल्ला सभापती
२०७८ सालमा नेपाली काँग्रेसको बागमती प्रदेश महाधिवेशन प्रतिनिधि

२०७२ सालकाे विनाशकारी भुकम्पको बेलामा वादे उद्धार, राहत तथा पुनः निर्माणमा अग्रणी भुमिका रहेर काम गरेका थिए । कोभिड १९ को माहामारीको बेलामा फ्रन्ट लाइनमा बसेर वादेले काम गरेका थिए ।

उक्त समयमा उनले नि:शुल्क औषधि, नि:शुल्क अक्सिजन, माक्स र एम्बुलेन्सको व्यबस्था गर्न महत्वपूर्ण याेगदान पुर्याएका थिए । तराइका बाढी पिडितलाइ राहत संकलन र वितरण कार्यमा पनि वादेले सहयाेग अभियान संचालन गरेका थिए ।

विद्यार्थीहरुकाे हक अधिकारका निम्ति वादेले सधैं अग्रणी माेर्चा समहालिरहेका हुन्छन् । आम नागरिककाे शुख दु:खमा वादेले सधैं आत्म साथ गर्दै आईरहेका छन् । पछिल्लाे समयमा वादेलाई उज्वल राजनैतिक भविष्य बाेकेका युवाकाे रुपमा हेरिदै आएकाे छ ।

 

6745
Shares

ट्रेन्डिङ