सबैको समाचार
आइतवार, असार २२, २०८२
  • होमपेज
  • योमरी महोत्सब तथा हाटबजार

योमरी महोत्सब तथा हाटबजार

योमरीको उदगम स्थल प्रचार र स्थानिय उत्पादनको बजारीकरण र ब्राण्डीङ्ग गर्दै पनौती नगरपालिकामा योमरी महोत्सब तथा हाटबजार संचालन

320
Shares
योमरी महोत्सब तथा हाटबजार

काभ्रेपलाञ्चोक । एतिहासिक तथा पुरातातिक शहर पनौती , पुरानो सस्कृति संगै सास्कृतिक खाना योमरीको उदगम स्थल पनि हो। जिल्लाको पनौती बाट नै सुरु भएको यमरी अहिले विस्वभर फैलिसकेको छ।

योमरी खास नेवार समुदायको शक्तिबर्थक खानाको रुपमा सिंगो समुदायले लिने गर्दछन। योमरी उत्पतिको विभिन्न कथा र पुस्तकमा भएको लेखको आधार यमरी पनौतीमै बनेको हो भन्ने कुराको पुस्टि हुन्छ। नेवारी भाषामा य भनेको मन पर्ने र मरी भनेको रोटी भन्ने बुझिन्छ।

एतिहासिक पानचाल नगरमा सुचन्द्र नाम गरेका किसान बस्दथे। ति किसान आफ्नो खेतिपाटि गरेर जिविको पार्जन गर्दथे। र उनि एकदमै दयालु र दानी स्वभाबका भन्ने कुरा कुबेर भगवानलाई थाहा पाएपछि : किसानको परिक्षा लिनका लागी किसानको मै भिक्षुको भेषमा आउनु भयो। सुचनद्रले के दिने के दिने हुदाखेर त्यो बेला मंङ्गसिर धान भित्राएको बेला धानलाई पिठो बनाएर आफ्ना घरमा भएका बस्तुबाट यमरी बनाउनु भयो र भिक्षु कुबेरलाई समेत खुवाउनु भएको र सुचन्द्रले गरेको आतिथता देखेर प्रसशन्न् हुनु भै आफ्नो स्वरुपमा यो के चिज हो पहिलो पटक खादै छु भनेर कुवेरले सोधेको र किसान सुचन्द्रले यो पनौतीको मैलिक खाना योमरी हो भनि चिनाएको भन्ने कथा विभिन्न पुस्तकमा उल्लेख रहेको छ। भने सोही किम्बदंतिलाई योमरीको उत्पति भएको मानिएको स्थानिय निबाश श्रेष्ठ बताउनु हुन्छ।

श्रेष्ठका अनुसार ऐतिहासिकता र प्राचिनताका आधारमा योमरीको चुचो भाग जति लामो भयो जाडो याम तेती नै चाडो सहिक्छ भन्ने किम्बदन्ति सम्म पाईन्छ।

सास्कृतिक खाना योमरीको प्रबधन र सम्रक्षण संगै उदगम स्थल रहेको कुराको प्रचार प्रसार गर्ने हेतुले शुक्रबार पनौती नगरपालिकाले यमरी महोत्सब तथा स्थानिय उत्पादनको हाट बजार आयोजना गरेको थियो। योमरीकै उदगम स्थल तथा एतिहासिक तथा विस्वा सम्पदामा सम्म सुचिकृत हुन् लागेको शहर पनौतीका स्थानिय उत्पादन र योमरीको उदगम स्थल रहेको कुरालाई समेत प्रचार गर्न नगरले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै योमरीको ब्राण्डीङ्ग समेत गर्न नगर लाग्ने नगर प्रमुख राम शरण भण्डारीले बताउनु भयो।

योमरी बनाउने प्रचलन पुरानो भए पनि योमरी महोत्सबमा विभिन्न महिला समूह , तथा युवा पुस्ताको पनि उस्तै आक्रशण योमरी बनाउन रहेको देख्न सकिन्थ्यो। नेवारी पोसाकमै सजिएकी १८ वर्षीय रेविका ताम्राकार योमरी बनाउदै गरेकी भेटीईन। अब युवा पुस्ताले पनि योमरी बनाउन सिक्नु पर्ने तथा सम्रक्षण गर्न लाग्नु पर्ने तर्क ब्यक्त गर्छिन। भने आफुले अभिभाबकले बनाएको हेरेरनै सिकेको अनुभब पनि सुनाउछिन।

महोत्सबमै योमरी बनाउदै गरेकी ९० वर्षीय बेखा माया ताम्राकार पनि सुरु यहिबाट भए पछि अहिले संसार भर पुगेको बताउनु हुन्छ।

योमरीको उदगम स्थल पनौतीमा हिले १२ महिनानै तेहा पुग्ने आन्तरिक र बाहय पर्यटकले योमरी खान पाउछन। पनौतीको योमरी र स्थानिय नेवारी खाना तथा खाजा खुवाउने हेतुले विभिन्न समूहले र पनौती पर्यटक विकाश केन्द्रले समेत खाजाको पसल पहा छे , र कौला छे नामका पसल संचालनमा लयाएका छन्।

योमरीको उदगम स्थलको कथा र योमरीकै सम्रक्षण संगै प्रचार प्रसार गरी योमरीको ब्रानडीङ्ग गर्न स्थानिय सरकार र तिनैतहका सरकार र समुदायले पनि संयुक्त कार्य गर्नु पर्ने देखिन्छ।

320
Shares

ट्रेन्डिङ