सबैको समाचार
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • काभ्रे काँग्रेसका यूवा नेता गणेश लामाले केन्द्रिय सदस्यमा उम्मेरदवारी दिने

काभ्रे काँग्रेसका यूवा नेता गणेश लामाले केन्द्रिय सदस्यमा उम्मेरदवारी दिने

5090
Shares
काभ्रे काँग्रेसका यूवा नेता गणेश लामाले केन्द्रिय सदस्यमा उम्मेरदवारी दिने

नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले केन्द्रिय सदस्यमा उम्मेरदवारी दिने भएका छन् ।

भोली देखी २७ गतेसम्म हुने नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा लामाले सदस्य पदमा आदिवासी जनजाती तर्फबाट उम्मेरदवारी दिने भएका हुन् ।

नेता लामा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा पनि भारी मतले विजयी भएका थिए । उनले खुल्ला तर्फबाटमहाधिवेशन प्रतिनिधीमा उम्मेरदवारी दिएका थिए ।

यूवाहरुका ढुकढुकी बनेका नेता लामा सामाजिक कार्यमा पनि निकै सक्रिय रहदै आएका छन् । उनले को रो ना भाईरस (कोभिड १९) महामारीको समयमा पनि जिल्लामा निकै सक्रियता देखाएका थिए ।

नेता लामाले कम्युनिष्टको दबदबाले खुम्चिएको काँग्रेसलाई अझ पहिलो शक्तिशाली दलका रुपमा उठाउन सक्ने कार्यसमिती निर्माण गर्ने बताएका छन् ।

आफू केन्द्रिय सदस्य भएपछि एकाधिकारबादको हावी गराउने प्रवृति र प्रजातान्त्रिक गठन प्रणालीशून्य संगठन चलाउने नियत अब क्षम्य नहुने नेता लामाले उल्लेख गरेका छन् ।

त्यस्तो अवस्थालाई निरुत्साहित गरि पुस्तान्तरणदेखि यूवा नेतृत्वलाई प्रोत्साहन गर्ने नेता लामाले पाँच बुँदे योजनामा उल्लेख गरेका छन् । त्यस्तै यूवालाई हरेक स्थानमा पहिलो प्राथमिकता दिने उनले बताएका छन् ।

5090
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका