सबैको समाचार
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • यूवा नेता गणेश लामा बने काभ्रेको ईतिहासमै पहिलो खुल्ला निर्वाचित केन्द्रीय सदस्य

यूवा नेता गणेश लामा बने काभ्रेको ईतिहासमै पहिलो खुल्ला निर्वाचित केन्द्रीय सदस्य

9805
Shares
यूवा नेता गणेश लामा बने काभ्रेको ईतिहासमै पहिलो खुल्ला निर्वाचित केन्द्रीय सदस्य

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको निर्वाचनमा उनले १७ सय ८२ मत प्राप्त गरेका हुन् ।

यूवाका ढुकढुकी नेता लामा पार्टी सभापति शेर बहादुर देउवा प्यानलबाट सदस्यमा उठेका हुन् । नेता लामा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा पनि भारी मतले विजयी भएका थिए ।

उनले खुल्ला तर्फबाटमहाधिवेशन प्रतिनिधीमा उम्मेरदवारी दिएका थिए । नेता लामाले केन्द्रिय सदस्य पदमा उम्मेरदवारीको घोषणा गर्दै कम्युनिष्टको दबदबाले खुम्चिएको काँग्रेसलाई अझ पहिलो शक्तिशाली दलका रुपमा उठाउन सक्ने कार्यसमिती निर्माण गर्ने बताएका थिए ।

त्यस्तै आफू केन्द्रिय सदस्य भएपछि एकाधिकारबादको हावी गराउने प्रवृति र प्रजातान्त्रिक गठन प्रणालीशून्य संगठन चलाउने नियत अब क्षम्य नहुने नेता लामाले उल्लेख गरेका थिए ।

त्यस्तो अवस्थालाई निरुत्साहित गरि पुस्तान्तरणदेखि यूवा नेतृत्वलाई प्रोत्साहन गर्ने नेता लामाले पाँच बुँदे योजनामा उल्लेख गरेका थिए।

 

9805
Shares

ट्रेन्डिङ