सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • फेरि सुरु भयो पल-समीक्षाको लफडा : समीक्षाले दिइन् यस्तो धम्की

फेरि सुरु भयो पल-समीक्षाको लफडा : समीक्षाले दिइन् यस्तो धम्की

5905
Shares
फेरि सुरु भयो पल-समीक्षाको लफडा : समीक्षाले दिइन् यस्तो धम्की

 

को रो ना कालमा समाज सेवामा सक्रिय रुपमा देखिएका पलसँग हरेक जसो ठाउँमा समीक्षा सँगै पुगिन्। पललाई उनले रियल हिरोका रुपमा चित्रण गरेर लेखेका पोस्ट अहिले पनि भेटिन सक्छन्।

तर उनीहरुको संगत छोटो समयमै बाहिर छताछुल्ल भएर पोखियो। समिक्षा र पलको सम्बन्धले लामै लफडा सिर्जना गर्यो। उनीहरुबीच भएको के हो अहिलेसम्म सत्य कुरा बाहिर आएको छैन। तर पलले समीक्षालाई मनाउन ५ करोडको अफर गरेको खबर समेत सार्वजनिक भएको थियो।

यसैबीच गएको कात्तिक ७ गते ९अक्टोबर २४० समीक्षाले पल र आफ्नो सम्बन्ध बाहिरको हल्ला जस्तो नभएको भन्दै लामो स्टाटस पोस्ट गरिन्।

समीक्षाले आफ्नो पल दुवैको करिअरमा बाहिरी हल्लाले असर गरेको बताइन्। त्यसपछि केहि समय मौन रहेकी अधिकारी केही दिन यता पुनः धम्कीको भाषा प्रयोग गरेर स्टाटस लेखिरहेकी छिन्।

उनले बिहीबार गत अक्टोबर २४ मा पलको सफाई दिँदै लेखेको स्टाटस कसैको दवाबमा लेखेको बताएकी छिन्।

उनले सोही स्टाटसको स्क्रिन सर्ट राख्दै लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’

उनको यो स्टाटसले पुनः पल र समीक्षाको लफडा सतहमा आएको छ।

https://www.facebook.com/samikshya.adhikari.5209/posts/980526242886556

 

5905
Shares

ट्रेन्डिङ