सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • यी हुन् काभ्रेमा माओवादी केन्द्रका पालिका इन्चार्ज

यी हुन् काभ्रेमा माओवादी केन्द्रका पालिका इन्चार्ज

7085
Shares
यी हुन् काभ्रेमा माओवादी केन्द्रका पालिका इन्चार्ज

 

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले सचिवलय बैठकले काभ्रेमा पालिका इञ्चार्ज तोकिएको छ ।

 

प्रदेश कमिटी सचिवलय बैठकले पनौती नगरपालिकामा होमबहादुर खुलाल, धुलिखेल नगरपालिकामा यादव ढुंगेल (जमिन), बनेपा नगरपालिकामा गोपाल घिमिरे, नमोबुद्ध नगरपालिकामा टासी लामा, मण्डनदेउपुर नगरपालिकामा ध्रुव काफ्लेलाई इन्चार्जको जिम्मेवारी तोकेको हो ।

 

त्यसैगरि महाभारत गाउँपालिकामा सुजन लामा, खानीखोलामा मिना पाख्रिन (अनु), रोशी गाउँपालिकामा तिलकबहादुर तामाङ (नवीन), तेमाल गाउँपालिकाकामा दलमान थोकर (डिएम), बेथानचोक गाउँपालिकामा मर्दन सिं तामाङ (पेमा), चौरीदेउराली गाउँपालिकामा विष्णु गौतम (अडिग) र भुम्लु गाउँपालिकामा जनक भण्डारीलाई इन्चार्ज तोकिएको छ ।

बैठकले पाँचखाल नगरपालिका भने जिल्ला कार्यालयले हेर्ने निर्णय गरेको छ ।

 

यसैबीच बागमती प्रदेश कमिटीको सचिवालय सदस्यमा काभ्रेबाट ६ जना चयन भएको छ । दिनानाथ गौतम (प्रयाय), गंगा बहादुर तामाङ (बमध्वज), मिम बहादुर वाईबा (ज्वाला), दैवलाल घिसिङ (अनुशील), भोलाप्रसाद अर्याल र रेणुका चौलागाईं रहनुभएको छ ।

 

7085
Shares

ट्रेन्डिङ