सबैको समाचार
बुधबार, साउन १३, २०८३
  • होमपेज
  • काभ्रेमा गठबन्धन गर्ने बारे यस्तो भयो सहमती

काभ्रेमा गठबन्धन गर्ने बारे यस्तो भयो सहमती

45370
Shares
काभ्रेमा गठबन्धन गर्ने बारे यस्तो भयो सहमती

काभ्रेमा गठबन्धन गर्ने बारे सत्ता साझेदार ४ दलबीचको छलफल सकिएको छ । यो पहिलो चरणको छलफल हो । छलफल हिजो साँझ नेपाली कांग्रेस काभ्रेको जिल्ला पार्टी कार्यालयमा भएको थियो ।

छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति तीर्थ लामा, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष टोक बहादुर वाइबा, माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य रुकु चौलागाई र जनता समाजवादी पार्टीका जिल्ला संयोजक कृष्ण भण्डारी सहभागि हुनुहुन्थ्यो ।

छलफलले वडा तहसम्मै गठबन्धन गरेर जानेबारे ब्यापक छलफल गरेको छ । केन्द्रीय परिपत्र अनुसार प्रतिवेदन तयार गरेर पठाउने निर्णय भएको छ । छलफलमा जनमोर्चा भने सहभागि भएको थिएन ।

अर्को बैठक चैत २२ गते बिहान ९ बजेट माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय बनेपामा बस्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी उपाध्यक्ष एवं काभ्रे जिल्ला अध्यक्ष टोक बहादुर वाइबाले जानकारी दिनुभयो । २२ गते बस्ने बैठकले कुन पालिकामा कसरी जाने भन्ने विषयमा विस्तृत छलफल गरेर निर्णय गर्ने बताइएको छ ।

छलफलले सत्ता साझेदार दल बाहेक अन्यसंग आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने कुरालाई कुनै पनि हालत मान्य नहुने निष्कर्ष निकालेको जनता समाजवादी पार्टी काभ्रेका जिल्ला संयोजक भण्डारीले जानकारी बताउनुभयो ।

 

45370
Shares

ट्रेन्डिङ