सबैको समाचार
सोमवार, साउन १८, २०८३
  • होमपेज
  • सिन्धुपाल्चोकको एक मतदान केन्द्रमा गोली चल्यो, चार जना घाइते

सिन्धुपाल्चोकको एक मतदान केन्द्रमा गोली चल्यो, चार जना घाइते

4550
Shares
सिन्धुपाल्चोकको एक मतदान केन्द्रमा गोली चल्यो, चार जना घाइते

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(३ को क्षमादेवी मावि मतदान केन्द्रमा गोली चलेको छ ।

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई निन्त्रणमा लिन शसस्त्र प्रहरीले गोली चलाएको प्रहरीले जानकारी दिएको छ ।

गोली लागेर चार जना काँग्रेस कार्यकर्ता घाइते भएको उनले बताए । अहिले उक्त मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ ।

क्षमादेवी मावि मतदान केन्द्र कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले मतदान गरेको केन्द्र पनि हो ।

 

4550
Shares

ट्रेन्डिङ