सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा पनि बालेनलाई साथ, होण्डा सोरूम बनेपाले गर्‍यो निःशुल्क शौचालयको व्यवस्था

काभ्रेमा पनि बालेनलाई साथ, होण्डा सोरूम बनेपाले गर्‍यो निःशुल्क शौचालयको व्यवस्था

7130
Shares
काभ्रेमा पनि बालेनलाई साथ, होण्डा सोरूम बनेपाले गर्‍यो निःशुल्क शौचालयको व्यवस्था

काभ्रे: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काभ्रेमा साथ मिलेको छ।

नवनिर्वाचित मेयर शाहको चुनावी घोषणापत्रमा काठमाडौंका होटलका शौचालयलाई सार्वजनिक शौचालय बनाउने उल्लेख थियो । सोहि अनुरूप काठमाडौंका केहि होटलले उनलाई साथ दिदैँ आफ्नो होटलका शौचालयलाई सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्न दिए ।उनको सपनालाई साकार पार्न काठमाडौं बासीले मात्रै नभई देशैभरका जनताले साथ दिएका छन् ।

यसैबिच काभ्रेमा पनि मेयर बालेनलाई समर्थन गर्दै होण्डा सोरूम बनेपाले पनि आफ्नो शौचालयलाई नै सार्वजनिक शौचालय बनाएको छ । सोरूम अगाडी बोर्ड नै राखेर निःशुल्क सार्वजनिक शौचालय प्रयोगमा ल्याएको हो ।

बनेपा होण्डा शोरूमका संचालक सुरेश भक्त श्रेष्ठले होण्डा शोरूमले आज देखि देशभर निःशुल्क सार्वजनिक शौचालय संचालन गरेको हुनाले काभ्रेमा पनि सोहि नियम अनुसार कार्यालय अगाडी बोडनै राखेर निःशुल्क शौचालयको व्यवस्था गरेको सबैको समचारलाई बताए l

 

7130
Shares

ट्रेन्डिङ