सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • कांक्रे पुगेर लालध्वजले भने तपाइहरूले दिएको सम्मानलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न दिने छैन

कांक्रे पुगेर लालध्वजले भने तपाइहरूले दिएको सम्मानलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न दिने छैन

3080
Shares
कांक्रे पुगेर लालध्वजले भने तपाइहरूले दिएको सम्मानलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न दिने छैन

काभ्रे : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै दलहरूको चुनावी कार्यक्रम तिब्र गतीमा बढेको छ । नमोबुद्ध नगरपालिका वडा नं. ६ धुवाकोट फेदी र वडा नं. ७ काक्रेमा लोकतान्त्रिक वाम गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार उक्त चुनाबी सभामा बोल्दै काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले यो निर्वाचन संविधान मास्ने र बचाउने बिचको लडाई भएकाले संविधानको रक्षाका लागि गठबन्धनको जीत अनिवार्य रहेको बताए । दोङले चुनाव पछी काभ्रेको व्यवस्थित र दिगो विकासको युग सुरु हुने बताए ।

उक्त कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनका काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालध्वजले मतदाताहरूले दिएको सम्मान र मतलाई कुनै पनि भ्रष्टाचारको धब्बा लाग्न नदिने बताएका छन् । ‘काभ्रेको समग्र राजनीतिलाई बुझेका र अनुभवी हामी अगाडी आएका छौँ । हामीले अहिलेसम्म कुनै भ्रष्टाचारको धब्बलगाएका छैनौँ र आगमी दिनमा पनि कुनै भ्रष्टाचारको धब्बा लाग्न दिने छैन् ।’

उनले भने, ‘तपाईहरूले दिएको मत र तपाईहरूले उठाएको झण्डालाई इतिहासमै निहुरिन दिनेछैनौँ ।’ मतदाताहरूले दिएको इज्जतलाई कहिल्यै अपहेलना र कलंकित हुन नदिने उनले प्रतिबद्धता जनाएका छन् ।

तिनै तहका सरकार मिलेर छलफल गरी बिकासका निर्माणका कामहरू अगाडी बढाउने काम गर्ने दोङले बताए । आफुले विगतमा गरेको प्रतिबद्धताहरू क्रमश सम्पन्न हुदै गएको र आगामी दिनमा बाँकी बिकास निर्माणका कामहरू सम्पन्न गर्नको लागि पनि गठबन्धनको उम्मेदवारहरूको जित आवश्यक रहेको उनले बताए । अरुले जस्तो भ्रम सिर्जना गरी यो पनि हामीले गरेको त्यो पनि हामीले गरेको भन्दै नहिड्ने काम गरेर जनताले अनुभुति गर्ने खालको काम गर्ने उनको भनाई छ ।

3080
Shares

ट्रेन्डिङ