सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेमा जुवाखालबाट १ लाख ९० हजार रकम सहित वडा अध्यक्ष र अन्य ७ पक्राउ

काभ्रेमा जुवाखालबाट १ लाख ९० हजार रकम सहित वडा अध्यक्ष र अन्य ७ पक्राउ

14255
Shares
काभ्रेमा जुवाखालबाट १ लाख ९० हजार रकम सहित वडा अध्यक्ष र अन्य ७ पक्राउ

काभ्रे :काभ्रेको पाचखाल नगरपालिका वडा न ४ को एक घरमा जुवाखेली रहेको अवस्थामा नगद रकम सहित् प्रहरीले पक्राउ गरेको हो।काभ्रे प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँचखाल नगरपालिका बजार क्षेत्रबाट ८ जना पक्राउ परेको पुस्टि गरेका छन् ।

 

यो विषयमा जिल्ला प्रहरी प्रमुख ढकाललाई बुझ्न खोज्द्दा उनले भने ८ जना पक्राउ परेको र पक्राउ पर्नेहरुकै साथ र जुवा खालबाट १ लाख ९० हजार हाराहारीको रकमसहित पक्राउ गरिएको बताए । वडा अध्यक्ष पनि हो भन्ने हाम्रो प्रस्नमा भने एस पी ढकालले सामान्य कसुर भएकाले नाम नै सार्वजनिक नगरौ भन्दै ८ जना पक्राउ परेको र करिब १ लाख ९० हजार हाराहारी रकम सहित पक्राउ गरेको बताए।

 

 

स्थानीयका अनुसार भने पक्राउ पर्नेमा वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर दनुवार सहित एमालेका नेता वडा न ३ का प्रकाश सापकोटा सहित अन्य ६ जना रहेको भन्ने सर्वत्र हल्ला भैइरहेको बताएका छन्। स्थानीयका अनुसार पक्राउ पर्नेमा एमाले ,काग्रेसका नेतानै पक्राउ परेको बताएका छन्।

 

यता प्रहरी प्रमुखले समेत सुचना दिदा पक्राउ पर्नेको नाम नै नभन्नाले थप पक्राउ पर्नेहरु हल्ला भएका व्यक्ति नै हुन् भन्नेमा आम समुदायले सङ्गका ब्यक्त गरेका छन् ।

 

 

 

14255
Shares

ट्रेन्डिङ