सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भाउजु बलात्कारको आरोपमा देवर पक्राउ

भाउजु बलात्कारको आरोपमा देवर पक्राउ

1875
Shares
भाउजु बलात्कारको आरोपमा देवर पक्राउ

सल्यान | सल्यानमा भाउजूलाई बलात्कार गरेको आरोपमा देवर पक्राउ परेका छन्।

बलात्कार गरेको जाहेरीपछि जिल्लाको छत्रेश्वरी गाउँपालिकाका ३९ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।

जिल्लामा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि हुँदै आएको देखिएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा आफन्तबाट नै ११ वटा जबरजस्ती करणीका घटना जिल्लामा घटेका छन्।

1875
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका