सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • घरमा आगलागी हुँदा बालिकाको मृत्यु

घरमा आगलागी हुँदा बालिकाको मृत्यु

1335
Shares
घरमा आगलागी हुँदा बालिकाको मृत्यु

पाल्पा | पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय पुनाराम सुनारीले जानकारी दिए ।

शनिबार खरले छाएको घरमा एक्कासी आगलागी भएको हो । क्याङ्रुङ्का श्यामबहादुर पल्लीको घर जलेर पूरै नष्ट भएको छ । मृतक बालिकासहित घरमा दुई छोराहरू रहेका थिए । आगलागीबाट घरमा भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै नष्ट भएको वडाध्यक्ष नवीन्द्र सोतीथापाले बताए ।

परिवारका अभिभावकहरु ससाना केटाकेटीलाई मात्रै घरमा छोडेर दिउँसोको काममा गएको बेला आगो लागेको स्थानीय वडा सदस्य यामप्रसाद झेडीले बताए ।झोलुंगोमा रहेकी शिशुको निधन भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख मिथलेसकुमार यादवले बताए ।

घरमा रहेको अन्न, लत्ताकपडा, भाँडाकुँडासहित सबै धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रण लिएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

1335
Shares

ट्रेन्डिङ