सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • दाङ बस दुर्घटना : २ भारतीयसहित ८ जना मृतकको सनाखत

दाङ बस दुर्घटना : २ भारतीयसहित ८ जना मृतकको सनाखत

1635
Shares
दाङ बस दुर्घटना : २ भारतीयसहित ८ जना मृतकको सनाखत

काठमाडौं । दाङको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु भएका ८ जनाको सनाखत भएको छ ।

दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये  २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन ।

बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

इलाका प्रहरी कार्यालय भालुभाङका अनुसार दुर्घटनामा एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक १२ जनामध्ये  २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

1635
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका