सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • आगलागीबाट १ जना बालकको ज्यान गयो

आगलागीबाट १ जना बालकको ज्यान गयो

1420
Shares
आगलागीबाट १ जना बालकको ज्यान गयो

काठमाण्डौ । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ६ दाउन्नेमा आगलागीमा परेर पाँच वर्षका बालकको ज्यान गएको छ ।

ऋषिराम थापामगरको घरमा कोही नभएका बेला उहाँको नातिले लाइटर खेलाउँदा आगलागी भएको र जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै तनहुँकै देवघाट गाउँपालिका वडा नम्बर २ मा चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते भएका छन् ।

स्थानीय ७४ वर्षका रनबहादुर दर्लामीको निधन भइ दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ चितामा पेट्रोल प्रयोग गरेर आगो सल्काउने क्रममा दुई जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवै मलामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

1420
Shares

ट्रेन्डिङ