सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • काभ्रेमा वनमा आगो लगाउने १ जना पक्राउ

काभ्रेमा वनमा आगो लगाउने १ जना पक्राउ

2320
Shares
काभ्रेमा वनमा आगो लगाउने १ जना पक्राउ

काभ्रे । वनमा आगो लगाएको आरोपमा काभ्रेबाट एक जना पक्राउ परेका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ तर्किनटार बस्ने मैते तामाङलाई नियन्त्रणमा लिईएको काभ्रे प्रहरीले जनाएको छ ।

मैते तामाङले आफ्नो घर बाट नजिकैको पाखामा आगो लगाउँदा नजिकैको जङ्गलमा समेत आगो लाग्न गई आगोले चाखोला बाट त्यस जंगल हुदै लिएर आएको काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिचाइ परियोजनाको सोलारको तार, खानेपानी र सिँचाइको कालो पाइप त्यस जंगलमा पर्ने तार र पाइपहरु ५० मिटर जतिको बीचको भाग जलि नष्ट भएको काभ्रे प्रहरीले जनाएको छ ।

आगो लगाएका तामाङ लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

2320
Shares

ट्रेन्डिङ