सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • एउटा मात्र मन्त्रालय विशेषले विपद व्यवस्थापन गर्न सक्दैन :- मन्त्रि श्रेष्ठ

एउटा मात्र मन्त्रालय विशेषले विपद व्यवस्थापन गर्न सक्दैन :- मन्त्रि श्रेष्ठ

बाग्मती प्रदेश स्थारिय विपद व्यवथापन गुल्म धुलिखेलमा

1130
Shares
एउटा मात्र मन्त्रालय विशेषले विपद व्यवस्थापन गर्न सक्दैन :- मन्त्रि श्रेष्ठ

काभ्रे :- काभ्रेको धुलिखेल वडा न ६ स्थित कर कार्यालय तलतिर बागमती प्रदेश विपद व्यवस्थापन गुल्म ( बेस ) काभ्रेपलान्चोकको आज समुद्घाटन गरिएको छ। प्रदेश स्तरीय विपद व्यवस्थापन गुल्मको गोदाम घर तथा ब्यारेक / भान्सा भवनको समुद्घाटन गरिको हो।

काभ्रे प्रहरीको आयोजानामा बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यत्तामा गुल्मको भवन तथा गोदामको समुद्घाटन गरिएको हो ।

बाग्मति प्रदेश सरकारले २०७९/०२/२० गते एम एन्ड एस यु जे भी माझि फेदाले २०८०/०७/२० गते सम्ममा सक्ने गरि कुल २ करोड २४ लाख १७ हजार सात सय ६३ रुपैयामा सम्झौता ब्यारेक र भान्सा भवन निर्माणको लागी गरेको थियो।

तेस्तै प्रदेश सरकारकै लागतमा एम एस एल इज वयल कन्ट्रकसन प्रा लि चागुनारायणले कुल ४९ लाख १९ हजार ९ सय २० रुपैयामा २०७८/०१/२१ मा सम्झौता गरी गोदाम घर निर्माण २०७९/०३/३० मा सम्पन्न गर्नुपर्ने थियो।

सो भवन र गोदाम घर बनाउनका लागी धुलिखेल नगरपालिकाले जग्गा उपलब्ध गराएको हो। कार्यक्रममा स्वागत मन्तब्य जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख एस पी बशुन्धरा खड्का ब्यक्त गरेकी थीईन। खड्काले मन्तब्यको क्रममा प्रदेश सरकारको यो कार्यले विपत् जोखिमै रहेको काभ्रे र आसपासका जिल्लालाई यो कार्यालयको समुद्घाटन संगै विपद उद्धारमा थप सहयोग पुग्ने विस्वास ब्यक्त गरे।

शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रजीअ रुद्रा देवी शर्माले अब काभ्रेमा पर्ने सबै खाले विपद उद्धारमा सहजता हुनेमा विस्वास व्यक्त गर्दै यस्ता कार्यालय र भवनमात्र नभई उद्धार कार्यका लागी आवस्यक उद्धार सामाग्री समेत जुटाईदीन तिनै तहका सरकारले कार्य गर्नु पर्ने उनको भनाई थियो।

शुभकामना दिदै मेयर ब्यान्जुले तिनै तह लागेमा र तिनै तहको सहास्तित्व हुने गरी साझेदारी पूर्ण विपद जोखिम न्युनिकरण र विपद उद्धार कार्य गर्न स्पस्ट कार्यक्रम बनाउनु पर्ने बताए।

विपद र उद्धारलाई प्रभाबकारी बनाउदै , क्षेतिकम गर्नका लागी र स्थापित कार्यालयबाट पूर्ण सेवा दिन आवस्यक औजार र सवारी साधन नभएको आवस्थामा सवारी साधन उपलब्ध गराईदिन मन्त्रि सम्क्क्ष आग्रह समेत समन्वय प्रमुख दिपक कु गौतमले गरेका थिए।

सोहि सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले एउटा मन्त्रालय विशेषले मात्र विपद व्यवस्थापन गर्न सक्दैनौ तसर्थ त्यो सबैको जिम्मेवारी हो। तेसैले हामीले बागमती प्रदेश सरकारका सबै मन्त्रालयले विपद बयावास्थापनमा बजेट राख्ने गरी छलफल भैरहेको समेत मन्त्रि श्रेष्ठको दाबि थियो।

विपद न्यूनीकरण गर्न आनतरिक मामिला मन्त्रालयले स्थानीय स्थरमै स्वयम् सेवक निर्माण गर्न बजेट व्यवस्थापन गरेको र तिनै तहका सरकार र यो संग सरोकार राख्ने विभिन्न नागरिक समाजलाई किलाएर लान चाहिरहेको बताए। संगै उनले विपद जिखिम न्युनिकरण र उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीको गुल्म नै यहा राख्ने छौ र विस्तारै यसलाई थप अघि बढाउने छौ। वास्तबमा नागरिक संग निकटको सम्बन्ध नभई हामीले विपद न्युनिकरण गर्न सक्दैनौ , पुन स्थापना झन् गर्न नै नसक्ने मन्त्रिले बताए।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठ ,जिसस प्रमुख दिपक गौतम , धुलिखेल नगर प्रमुख अशोक कु ब्यान्जु , प्रजिअ रुद्रा देवी शर्मा, प्रदेश प्रहरी प्रमुख , जिल्ला स्थित प्रहरी प्रमुख तथा स्थानीय जनप्रतिनिधि तथा संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो।

1130
Shares

ट्रेन्डिङ