सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • माछा बोकेको गाडी दुर्घटना

माछा बोकेको गाडी दुर्घटना

1245
Shares
माछा बोकेको गाडी दुर्घटना

हेटौँडा । भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरामा योद्धा गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् ।

बाराबाट काठमाडौँतर्फ माछा लिएर जाँदै गरेको म.प्र.०४–००१ च ०१४० नं.को योद्धा गाडी बिहीबार बिहान दुर्घटना भएको हो ।

गाडी आफैँ अनियन्त्रित भई सडकबाट करिब ३०/४० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा वीरगञ्ज महानगरपालिका १९ विभादका वर्ष २२ का धनेश राम, सहचालक बारा जिल्ला कलैया १६ मझैलिया सोरा बस्ने वर्ष २७ का छोटेलाल मोहरा, गाडीमा काम गरी हिँड्ने सोही स्थानका वर्ष ४५ का तपसी मोहरा रहेका छन् ।

 तीनै जनालाई उपचारका लागि ट्रमा सेण्टर काठमाडौँ पठाएको  प्रहरीले जनाएको छ ।

1245
Shares

ट्रेन्डिङ