लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु१ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल-१३ झोलुङ्गे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल-११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो भने अन्य दुईजना महिला घाइते भएका छन् ।
घाईते हुनेहरुमा ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई रहेका छन् ।
एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ का नारायणबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।